विप्लव र प्रकाण्डको यस्तो थियो ‘काण्ड’ !

Biplab 3

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको वार्ता अस्वीकार गरेका छन् ।

विप्लवले मंगलबार राति विज्ञप्ति जारी गरेर वार्ता अस्वीकार गरेका हुन् । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरिएको भन्दै सरकारसँग वार्ता नगर्ने बताएका हुन् ।

सरकारले राजनीतिक उदेश्य राखेका दल, समूह र संगठनसँग वार्ता गर्ने भनेर उच्चस्तरीय राजनीतिक समिति बनाएको थियो । समितिले वार्ताका लागि आह्वान नगर्दै विप्लवले वर्तमान सरकारसँग वार्ता अस्वीकार गरेका छन् । मुलुकभरि चन्दा आतंक, अराजकता, सैन्य संरचना गठन, निजी सम्पत्तिमाथि आक्रमण, बम विस्फोटन जस्ता कानून विपरितका गतिविधि गर्दै आएको भनेर प्रहरीले विप्लवको पार्टीका नेता तथा कार्यकर्तालाई निगरानीमा राखेको थियो ।

पैसाको कारोबारको जिम्मेवारी पाएका प्रवक्त खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका टप नेताहरू पक्राउ परेपछि विप्लव आत्तिएका छन् । प्रकाण्डले झण्डै ३० करोड रुपैयाँ चन्दा असुलेर राखेको प्रहरी स्रोतले जनाएको छ । सो चन्दा रकमबाट संन्य संरचना बनाएको जनाइएको छ ।

विप्लव र प्रकाण्डले मिलेर चन्दा उठाएर सरकारसँग युद्ध गर्न सैन्य संरचना बनाएको थाहा पाएपछि प्रहरीले धरपकड र कडा सुरु गरेको हो । विप्लवले जारी गरेको विज्ञप्तिअनुसार नेकपाका नेता–कार्यकर्तामाथि सरकारले शृङ्खलाबद्ध रूपमा दमन, गिरफतारी बढाउँदै लगेको भन्दै वर्तमान सरकारसँग कुनै पनि प्रकारको वार्ता नगर्ने जनाएका छन् ।

‘वाम गठबन्धनमा बनेको, वाम खोल ओढेको सामाजिक फासिवादी सरकारले आफ्नो पार्टीमाथि दिनानुदिन षड्यन्त्र, दमन र गिरफ्तारीको शृङ्खला चलाइरहेको छ’, विप्लवले भनेका छन्, ‘संविधान प्रदत्त अधिकारभित्रको शान्तिपूर्ण कार्यक्रममा पूर्ण रूपले प्रतिबन्ध लगाइएको छ ।

पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरी बेपत्ता पार्ने काम गरिएको छ ।’ उनले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई बिनाकारण सरकारले गिरफ्तार गरी यातना दिने कार्य गरेर आफूलाई अनावश्यक उत्तेजनामा ल्याउन खोजिरहेको आरोप लगाएका छन् । विप्लवले सरकारी हर्कतले आफूलाई उत्तेजित पार्ने नभई यसले आम जनतामा दिनप्रतिदिन यो सरकार नाङ्गिँदै गएको स्पष्ट हुने बताएका छन् ।

विप्लवको पार्टीका नेता तथा कार्यकर्ता अराजक गतिविधिमा संलग्न रहेको भन्दै प्रवक्ता एवम् स्थायी समिति सदस्य प्रकाण्डलगायत पोलिटब्युरो सदस्यहरू पदमबहादुर राई, ओमप्रकाश पुन, कृष्ण धमला र मोहन कार्की, केन्द्रीय सदस्य तथा नेकपाका कोसी ब्युरो इञ्चार्ज किरण राई, सगरमाथा ब्युरो इन्चार्ज दीपेश राई, देवनारायण शाह र टेकबहादुर केसीलाई पक्राउ गरिसकेको छ । मंगलबार बिहान नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’लाई प्रहरीले काठमाडौंको बनस्थलीमा रहेको डेराबाट पक्राउ गरेको छ ।

यसअघि विप्लवका खास व्यक्ति असल भनिने चन्द्रबहादुर खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । चन्द्रबहादुरले नै विप्लवका लागि खानविनदेखि बन्दोबस्ती सबै आवश्यक्ता पूरा गर्दै आएको स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...