नेपालमा करमैत्री वातावरण बनाउन महासंघले गुहार्यो विश्व बैंक

N f n c n

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा करमैत्री र लगानी मैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने बताएकी छन् ।

नेपालका लागि विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भससँग मंगलबार भएको भेटवार्तामा अध्यक्ष राणाले नेपालमा करमैत्री र लगानी मैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने भएकाले त्यसका लागि सहजीकरणमा सहयोग गर्न आग्रह गरेकी हुन्।

निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघको देशव्यापी संजाल रहेकोले विश्व बैंक र महासंघ बीच अझ बढी सहकार्यको आवश्यकता रहेको अध्यक्ष राणाले औल्याएकी छन्।
भेटवार्तामा महासंघका अध्यक्ष राणाले नेपालमा रहेका सम्भाव्यताहरूमा सहयोग गर्न विश्व बैंक समक्ष आग्रह गरिन्।

अध्यक्ष राणाले कनेक्टिभिटी, बैंकिङ, पूर्वाधार, आईटी, लगायतका विषयमा सार्वजनिक निजी साझेदारी ९एएए० का साथै सार्वजनिक निजी संवादको अवधारणा अनुरूप अगाडी बढ्नुपर्नेमा जोड दिइन्।

भेटवार्तामा विश्व बैंक र निजी क्षेत्र बीचको सहकार्यलाई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास लगायतका क्षेत्रमा केन्द्रीत गर्नुपर्नेमा पनि जोड दिइयो।

सो अवसरमा विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भसले महासंघसँगको भेटवार्ता निकै महत्वपूर्ण रहेको र नेपालको विकास प्रयासमा निजी क्षेत्रसंग मिलेर कार्य गर्ने विश्वास दिलाए। उनले विश्व बैंकको सहयोगको क्षेत्र र निजी क्षेत्रको अपेक्षा एकै किसिमका रहेकोले सहकार्यका लागि सहज हुने समेत बताए।

विश्व बैंकद्वारा नेपाल सरकार अर्थ मन्त्रालय समेतको सहभागितामा छिट्टै एक कार्यशाला आयोजना गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा महासंघ लगायत अन्य सरोकारवालाहरूलाई सहभागी गराएर छलफलका माध्यमबाट योजना बनाउने समेत उनले जानकारी गराए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...