विमस्टेक सम्मेलन अघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

Sanghiya samsad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् ।

आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले यसबीचमा संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् ।

यही भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ ।

प्रतिकृया दिनुहोस