माओवादीहरु हिजो देश टुक्राउन लागेका थिए : प्रधानमन्त्री

Kp oli pm moramg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको बेला तत्कालिन नेकपा माओवादीले देश टुक्राउन लागेको बताएका छन् । उनले माओवादीले भौगोलिक अखण्डतालाई चुनौती दिएको बताए ।

माओवादीले राजासँग र सेनाको उच्च अफिसरसँग मिलेर उक्त कार्य गरेको दाबी गरे । शान्तिप्रक्रियापछि उनीहरुलाई नै माओवादीले सांसद र मन्त्री बनाएको समेत बताए ।

प्रधानमन्त्री अहिले पनि फेरि देशविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको बताए । खुलेआम देश टुक्र्याउँछु भन्ने सुनिएको, जुन पहिला माओवादीले भन्ने गर्थो समेत ओलीले पत्रकारहरुसँग भने ।

‘नेपालका विरुद्ध गम्भीर षडयन्त्र भइराखेको देखिन्छ । अर्कोतिर खुलेआम देश टुक्र्याउँछु भनेर, यद्यपि अहिले शान्तिपूर्ण भनेको छ । तर, देश टुक्राउने कुरा गरेर, भौगोलिक अखण्डतालाई चुनौती दिएर, शान्तिपूर्ण भन्दै । माओवादीले पनि हिजो त्यही भनेको थियो‘ ओलीले भने । उनले माओवादीले राजतन्त्रविरुद्ध लडेको होइन भन्दै दरबारमा मान्छे पठाएको समेत दाबी गरे ।

त्यसैगरी सेनाविरुद्ध पनि नलडेको भन्दै सेनाकै जर्नेलहरुसँगै साँठगाँठ गरेको समेत बताए । ती जर्नेलहरु नेपाली सेनाको जागिर खाएर माओवादी नेताहरुलाई बोकेर कुद्ने गरेको समेत बताए ।

‘माओवादीले राजतन्त्रविरुद्ध हामी होइन क्यारे भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो । सेनाविरुद्ध हामी छँदैछैनौं भनेर विभिन्न जर्नेलहरुसँग साँठगाँठ थियो । ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित सांसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरि ती मान्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेताहरुलाई बोकेर कुद्थे गाडीमाज्ञ’ ओलीले कुराकानीको क्रममा भने ।

आफ्नै सरकारी निवासमा पत्रकारहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो माओवादीप्रतिको बुझाई राखे । जनयुद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पार्टी एकता गरेपनि ओलीलेको हिजोको बुझाईमा टसमस छैनन् । जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड भएकोले ओलीले देश टुक्राउन लागेको आरोप घुमारो भाषामा प्रचण्डलाई नै लगाएका हुन् । भलै प्रधानमन्त्री ओलीले उनको प्रचण्डको नाम भने लिएनन् ।

प्रधानमन्त्री ओलीले विप्लवको नामै नलिएर उनीबारे पनि धारणा राखे । उनले राजनीतिक पार्टी भन्छ, तर बम विस्फोट, धम्की दिएर आतंकारी गतिविधि गरिरहेको आरोप समेत लगाए ।

प्रधानमन्त्री ओलीले आफूले गरेको कामको बेलिविस्तार गरे । उनले आफूले सबै राम्रो गरेको र राम्रो गर्न लागेको दाबी गरे । निर्मला पन्तको हत्याकाण्डमा ओलीले सुरुमा प्रहरीलाई विश्वास गरेको तर पछि पीडित आन्दोलन गरेपछि भएन भनेर अर्को टीम पठाएको बताए । उनले उक्त घटनामा केही राजनीतिकरण गर्न खोजिएको समेत दाबी गरे ।

त्यसैगरी मुलुकी ऐन एक वर्ष पहिलो पास भएको त्यसमा आफ्नो कुनै दोष नभएको बताए । उनले त्यतिबेला आफूमाथि घेराबन्दी भएको र चुनावी कार्यक्रममा व्यस्त भएकै कारण ध्यान दिन र बहस गर्न नभ्याएको दाबी गरे ।

माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने निर्णय आफूले संचारमाध्यमबाट जानकारी पाएको बताए । उनले आफूले सोध्दा जाम हुने भएकोले निषेधित क्षेत्र घोषणा गरिएको भन्ने जवाफ पाएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...