कर वृद्धिले लगानी बाहिरिने खतरा : डा. महत

Ramsaran mahat

काठमाडौं । नेपालीकांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रलाई प्रतिकूल प्रभावपार्नेगरी कर बढाउने कामनगर्न सरकारलाई चेतावनी दिएका छन् ।

नेता महतले स्थानीयतहको आम्दानीको मुख्य स्रोतको रुपमा अनुदान सहायता वृद्धि गर्न पनि सरकारकोगम्भिर ध्यानाकर्षण गराए ।

सोमबार काठमाडौंमा आयोजित पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर लगायतका वित्तिय व्यवस्थापनकालागि वित्तीय आयोग गठन गर्न ढिलाई नगर्न पनि सरकारलाई दबाव दिए ।

करको दायरा बढाउने काम गरे मुलुकबाट लगानी बाहिरिने नेता महतको दावी छ । कांग्रेस नेता महतले स्थानीयतहको आयआर्जनकालागि स्थानीय स्तरमै उद्योग स्थापनामा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...