अचम्म, जनतालाई सास्ती दिएर पाहुना स्वागतको ‘रिहर्सल’ !

Jam

काठमाडौं । काठमाडौंका सडकमा सोमबार बिहान अकस्मात सवारी जाम भयो । गाइजात्रा पर्वका कारण उपत्यकामा सार्वजनिक विदा छ । सवारी साधन अरु दिनको तुलनामा कमै चल्नुपर्ने हो, तैपनि घण्टौं सवारी जाम देखेर मानिसहरु छक्क परे ।

जाममा परेकाहरु आपसमा कुरा गर्थे– राष्ट्रपतिको सवारी होला । कसैले अनुमान लगाउँथे– जुलुस होला । कसैले भन्थे– गणतन्त्र आए पनि राजाको पालाजस्तो जनतालाई दुःख दिए ।

यहीबीचमा एयरपोर्ट बानेश्वरतिरबाट माइतीघरतर्फ केही थान गाडीहरु साइरन बजाउँदै हुइँकिए । स्कर्टिङसहितका गाडीहरु गइसकेपछि थाहा भयो–त्यसमा कुनै भीभीआईपी थिएनन् । त्यो त बिम्स्टेक सम्मेलनमा आउने विदेशी पाहुनाहरुको लागि स्कर्टिङको रिहर्सल थियो ।

एयरपोर्ट, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर हुँदै सोल्टी होटलसम्म स्कर्टिङको रिहर्सल गरिएको ट्राफिक प्रहरी स्रोतले बतायो । बिम्स्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।

त्यसको तयारी लगभग पूरा गरेको सरकारले विदेशी सरकार प्रमुखहरुको आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारेको छ । सम्मेलनलाई लक्षित गरी नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ ।

बिम्स्टेकमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य छन् । सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ भदौदेखि नेपाल आउन सुरु गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...