निर्मला र सनिको घरमा किन पुगे मन्त्री तथा सांसदहरुको लावा लस्कर ?

Nirmala ko ghrma puge netan

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त र पन्तका हत्यारालाई कारवाही गर्न माग गर्दै भएको आन्दोलनमा मारिएका किशोर सनि खुनाको घरमा सांसद र नेताहरु पुगेका छन् ।

महेनद्रनगर बजारमा कर्फ्यू लागेको भएपनि नेता तथा सांसदहरु लावालस्करका साथ मृतकका घर पुगेका थिए। नेताहरुको कुरा सुन्न स्थानीयहरुको पनि बाक्लो उपस्थिति थियो ।

आइतबार प्रतिनिधि सभाका सदस्य लेखराज भट्टसहित कञ्चनपुरका सांसदहरु दीपक प्रकाश भट्ट, नरबहादुर धामी, प्रदेश सभाका सदस्यहरु तारालामा तामाङ, मानबहादुर सुनार, लालबहादुर खड्का लगायतका नेताहरु पुगेका हुन् ।

मृतक निर्मला र सनिका परिवारलाई भेटेर नेताहरुले सरकारको तर्फबाट सहानुभूति प्रकट गरेका थिए । नेताहरुले अपराधीलाई कारवाही गराउने प्रतिवद्धतासमेत जाहेर गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...