कञ्चनपुर घटनाको अनुसन्धानमा लापरवाही भेटिए कडा कारवाही : प्रधानमन्त्री ओली

Pm kp oli.photojpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाको अनुसन्धानमा लापरवाही भएको जनगुनासो आफूले पाएको भन्दै त्यस्तो भेटिए जो कसैलाई पनि कारवाही गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रदेश ७ का सांसदहरुसँग कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले किशोरी पन्तको हत्याका सम्बन्धमा गहिरो गरी छानविन गर्न सरकारले नयाँ छानविन समितिलाई आवश्यक निर्देशन दिएको पनि स्पष्ट पारे ।

शनिबार सो हत्याकाण्डको यथोचित छानविन गर्न माग गर्दै बालुवाटार पुगेका प्रदेश ७ का पार्टीका सांसद एवम् नेताहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले छानविनमा लापरबाही गरेको पाइए प्रहरी प्रशासनलाई समेत कडा कार्वाही गर्ने बताए ।

भेटमा प्रदेश ७ का नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद एवम् नेताहरुले किशोरी पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए ।

हत्यारालाई छानविन गर्ने क्रममा भएका कमीकमजोरी औंल्याएर जनता समक्ष सार्वजनिक गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको सांसद रावलले जानकारी दिए ।

बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै आएका प्रर्दशनकारीमाथि प्रहरीले गोली हान्दा शुक्रबार एक जना बालकको पनि ज्यान गएको र केही घाइते भएका छन् ।

सो घटनाबारे पनि छानविन गरी दोषीलाई कार्वाही र पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गरिएको सांसद रावलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...