के चौहान अन्यायमा परेकै हुन् त ? जो न्याय खोज्दै राजधानीमा भौतारिरहेका छन्

Ram bdr chauhan

काठमाडौं । नेपालको राजनीतिक वृत्तमा सबैभन्दा ठूलो पार्टी हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । जो अहिले दुई तिहाई मतका साथ सत्तासिन छ । सोही पार्टीका एकजना नेता, जो आफु अन्यायमा परेको भन्दै अधिकार खोज्दै काठमाडौंमा भौतारिरहेको छ ।

पत्याउन गाह्रो पनि छ । तर, राजनीतिमा यसलाई सामान्य पनि मानिन्छ । कसैलाई पाखा र कसैलाई काख पार्ने चलन नेपाली राजनीतिमा कुनै नौलो पनि होइन । त्यसमा पनि ठूला पार्टीहरुमा त गुट र उपगुटमा पर्न सकिएन भने कामको मुल्यांकन हुने कुरै हुँदैन । यही कोपभाजनमा परेका छन् अर्घाखाँचीका नेता रामबहादुर चौहान ।

दुई पार्टीबीच एकता भएपछि सबै जिल्लामा भागबण्डा मिलाउने किचलो त छँदैछ, आफ्नो भागमा परेको पदमा समेत भागबण्डा मिलाउन नेकपाका नेताहरुलाई गाह्रो परिरहेको छ । यही मौकामा चौका हान्दै पिताम्बर भुषालको नाम केन्द्रमा पठाइएको छ ।

एकातिर अर्घाखाँची अध्यक्ष सिफारिसमा मनोमानी गरिएपछि जिल्लाका कार्यकतामा निरासा छाउन थालेको छ अर्कातिर जिल्लाकै प्रभावशाली नेता चौहान राजधानीमा आफु अन्यायमा परेको गुनासो पोखिरहेका छन् ।

हाल जिल्ला अध्यक्षमा सिफारिस भएका भुषाललाई चौहानले ०६९ सालमा तत्कालिन नेकपा एमाले अर्घाखाँचीको सचिवमा पराजित गराएका थिए । वरियताका हिसावमा भुषाल नवौं नम्बरमा छन् भने चौहान तेस्रोमा छन् ।

पहिलो वरियतामा रहेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् भने उपाध्यक्ष जीपनारायण कोइराला भने ५ नम्बर प्रदेश कमिटिमा मनोनित भइसकेका छन् ।

‘मैले यसै वर्ष सम्पन्न संघ र प्रदेशको चुनावमा टोपबहादुर रायमाझी जिल्ला मुल निर्वाचन परिचालन कमिटीको संयोजक हुँदा मैलेसचिव भएर सफल भुमिका निर्वाह गरेँ’ उनले निशान न्युजसँग भने, ‘त्यति बेला म सचिव हुँदा कसैले विरोध गरेको थिएन । तर अहिले अध्यक्षको चाहना राख्दा बाईपास किन ?’

उनले आफुभन्दा कनिष्टलाई जिल्ला अध्यक्ष बनाउन लागिएकोमा आक्रोस पोखेका छन् । जिल्लामा बैठक नै नगरी आफूभन्दा कनिष्टलाई सिफारिस गरेपछि उनले आफुलाई अन्याय गरेको बताएका छन् । उनले काठमाडौं आएर नेकपाका शीर्ष नेताहरुलाई भेटिरहेका छन् ।

उनले नेकपा अर्घाखाँचीको अध्यक्ष सिफारिस गर्दा पार्टीको बैठक पनि नबसेको र कसैलाई जानकारी नै नदिई सार्वजनिक सञ्जालमा अध्यक्ष सिफारीस भएको जानकारी पाएको बताए । ‘मनोमानी ढङ्गले सिफारीस गरिएछ’ उनले भने, ‘मनोमानी तवरले सिफारीस गरिएका नामलाई जस्ताको तस्तै अनुमोदन गरिए पार्टीभित्र वषौंदेखि योगदान पु¥याउनेहरुको अपमान हुने भएकाले पार्टीको औचित्यसमेत समाप्त हुनेछ ।’

को हुन् चौहान ?
रामबहादुर चौहान तत्कालीन नेकपा एमालेका जिल्ला सचिव हुन् । २०३८ मा अनेरास्वयुबाट राजनीति सुरु गरेका चौहान २०४२ मा पञ्चायत विरुद्धको आन्दोलनमा होमिएका थिए ।

२०४६ मा अनेरास्वयुको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयत उनी लगातार जिल्लाको राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी २०६९ देखि भने एमाले जिल्लाको सचिव भई काम गर्दै आएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उनी निर्वाचन परिचालन कमिटिको सचिव भएर काम गरेका थिए । त्यसबेला निर्वाचन परिचालन कमिटिको संयोजकमा टोपबहादुर रायमाझी थिए भने सहसंयोजकमा नजिर मियाँ थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...