बालिका हत्या प्रकरण : शन्नी खुनालाई शहीद घोषणा गर्न माग, आन्दोलन स्थगित गर्ने सहमति

Sahami nmr jpg

कञ्चनपुर । कञ्चनपुरमा बसेको सर्वदलीय बैठकले आन्दोलनमा ज्यान गुमाएका सनि खुनालाई शहीद घोषणा गर्न माग गरेको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मृतकलाई शहीद घोषणा गर्न माग गर्नुका साथै घाइतेहरुको उपचार र उच्चस्तरीय छानविन टोलीलाई सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकमा तत्कालका लागि जारी आन्दोलन स्थगित गर्ने सहमति भएको छ । बैठकमा विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । महेन्द्रनगरमा जारी कर्फ्यू पनि अवस्था हेरेरै आजै हट्न सक्ने प्रजिअ अधिकारीले बताए ।
निर्मला पन्तको बलात्कार तथा हत्या अनुसन्धान गर्न माग गर्दै भएको आन्दोलनमा शुक्रबार १३ वर्षीय बालक सनिको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

स्थितिलाई थप भड्किन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको छ । कर्फ्यूका कारण कञ्चनपुरको जनजीवन कष्टकर बनेको छ ।

यस्तो छ प्रेस विज्ञप्ती

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...