किन रोक्यो सरकारले बाल सैन्यको वकालत गर्ने लेलिनलाई ? यस्तो छ कारण

Lenin

काठमाडौ‌ । माओवादीको बाल सेनामा भर्ति भएर युद्धमा लागेका र बालसैन्यको वकालत गर्दै आएका लेनिन विष्टलाई सरकारले विदेश भ्रमणमा जानबाट रोकेको छ ।

बाल सैन्यको मुद्दा उठाउँदै आएका पूर्व माओवादी लडाकु विष्टलाई विदेश जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलबाट रोकिएको हो । अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन शुक्रार थाइल्याण्ड जान त्रिभुवन विमानस्थल पुगेको बेला उनलाई ब्ल्याक लिस्टमा परेको’ भन्दै त्यसतर्फ जान सरकारले रोक लगाएको थियो ।

पूर्वमाओवादी लडाकु लेलिन र माओवादीद्वारा विस्थापित परिवारकी सदस्य नम्रिता सुवेदीलाई बैंककस्थित ‘एसिएन रिसोर्स फाउन्डेसन’ले कार्यक्रममा उपस्थितीका लागि जुलाई २७ मा निमन्त्रणा गरेको थियो । लेलिनलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोके पनि सुवेदीलाई भने जान दिइएको छ ।

११ वर्षको उमेरै माओवादी जनयुद्वमा लागेका लेनिन शान्ति प्रक्रियापछि राष्ट्रसंघको अनमिन मिसनको प्रमाणिकरणमा बाल सेना भनेर नपरेपछि उनले त्यसयता बाल सैन्यको मुद्दा उठाउने गरेका छन् ।

यो मुद्दा बैंककमा समेत उठाउन सक्ने आशंकासहित गृह मन्त्रालयले आफूलाई रोकेको उनले आरोप लगाए। ‘अध्यागमनका कर्मचारीले माथिको आदेश भन्दै पासपोर्ट खोसेर मलाई रोके’, उनले भने, ‘सरकारले मलाई अन्यायपूर्वक विदेश जान रोक लगायो, यहाँ मेरो मानव अधिकार हनन भएको छ ।’

आफूलाई कानून विपरित रोकिएको भन्दै विष्टले राष्ट्रिय मानवअधिकार आयोग र सर्वोच्च अदालत जाने बताए । उनले बैंककको कार्यक्रममा बाल सैन्यसम्बन्धि कुनै विषय नरहेको र आफू युवाहरूको सामाजिक दायित्व विषयमा भाग लिन हिँडेको दाबी गरे ।

अध्यागमन विभागले भने कार्यक्रममा जान सिफारिस तथा स्वीकृति नलिएकाले रोकेको जवाफ दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...