कञ्चनपुर घटनामा बोल्यो सरकार, उत्तेजना फैलाउने गतिविधि नगर्न अनुरोध

Pm ofice

काठमाडौं । कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शन थप हिंसात्मक बन्दै गएपछि सरकारले शुक्रबार स्थितिलाई थप उत्तेजित पार्ने क्रियाकलापमा संलग्न नहुन त्यस क्षेत्रका सर्वसाधरणलाई आव्हान गरेको छ ।

शुक्रबार सांझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले उत्तेजक गतिविधिमा नलाग्न सबैलाई अनुरोध गरेको हो ।

सरकारले जिम्मेवारी बोध गरेर छानविन प्रक्रिया अघि बढाईरहेको अवस्थामा स्थितिलाई उत्तेजक बनाउने काम भईरहेको भन्दै त्यस्ता काममा सक्रिय नहुन आव्हान गरेको छ ।

कंञ्चनपुरको महेन्द्रनगरमा भएको घटना छानविन गर्न नेपाल सरकारले छानविन समिति बनाईसकेको, सुरक्षा निकायका कतिपय जिम्मेवार कर्मचारीलाई फिर्ता बोलाईसकेको र स्थितिप्रति गम्भीर भएर चिन्ता चासो राख्दै आवश्यक कदम चालेको पनि सरकारले स्पष्ट पारेको छ ।

परिस्थितिलाई थप उत्तेजक बनाउन विभिन्न तत्वहरुले काम गरिरहेको प्रति दुख व्यक्त गर्दै बैठकले देशै भरीका विभिन्न जघन्य अपराध प्रति गम्भीर बन्दै दोषीहरुलाई कारवाही गर्ने प्रतिवद्धता पनि जाहेर गरेको छ ।

पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दे कंचनपुरमा दैनिक जसो प्रदर्शन हुदै आएको छ । शुक्रबार प्रहरीको गोली लागि एक जनाको मृत्यु भएपछि सरकारले संयम हुन सबैलाई आग्रह गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...