बिमस्टेक सम्मेलनका लागि भदौ १४ र १५ विद्यालय बन्द

Bimstec 2018

काठमाडौं । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनका लागि सरकारले भदौ १४ र १५ गते विद्यालय बन्द गर्ने जनाएको छ । 

बिमस्टेक सम्मेलनको समयमा काठमाडौं उपत्यकाका विद्यालयमा सार्वजनिक बिदा दिने तयारी गरिएको हो । उपत्यकाका विद्यालय बिदा दिनेबारे सबै पक्षबीच अनौपचारिक सहमति भैसकेको छ ।

सम्मेलनको व्यवस्थापन सहज बनाउन भन्दै काठमाडौंमा भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने योजना पनि सरकारको छ । जोर बिजोर नम्बर छनोट गर्दा अहिले सडकमा गुडिरहेकाभन्दा आधा सवारी साधन कम हुनेछन्।

बिमस्टेकका सदस्य राष्ट्रका विशिष्ट पाहुनाको आवागमनलाई दृष्टिगत गर्दै सडक जाम न्यून पार्न जोर–बिजोर नम्बरमा सवारी चलाउने रणनीति लागू गर्न लागिएको हो ।

बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सात मुलुकका राष्ट्र प्रमुख वा सरकार प्रमुख परिवारसहित नेपाल आउनेछन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चा ओ चा नेपाल आउने तय भैसकेको छ। यसैगरी भुटानका प्रधानन्यायाधीश एवं मन्त्रिपरिषद अध्यक्ष छिरिङ वाङ्चुक, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागी हुन काठमाडौं आउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...