प्रेम सम्बन्धलाई सुमधुर बनाउन पार्टनरलाई कहिल्यै ‘आइ लभ यु’ नभन्नुहोस् !

Fall in love at first si

सप्तरी, सिमरा । प्रेमिकालाई माया गर्छु भनेर बुझाउन ‘आइ लभ यु’जस्ता वाक्य बोलिरहेका हुन्छन् । यसमा कतिपय महिला पनि अगाडि नै हुन्छन् ।

प्रायः पुरुष चाहेकी युवतीप्रति माया देखाउन वा म आफू उनलाई चाहन्छु भनेर अनुभूति दिलाउन जे पनि बोलिरहेका हुन्छन् ।

खासमा यस्तो भन्दा मात्रै सम्बन्ध बलियो हुने वा मायाको विश्वास बढ्ने भन्ने हुँदैन । यदि तपाईं आफ्नो पार्टनरलाई साँच्चै नै माया गर्नुहुन्छ र सम्बन्ध मजबुत बनाइराख्न चाहनुहुन्छ भने केही कुरा भन्नु र बोल्नुअघि सोच्नुपर्छ ।

प्रेम सम्बन्धलाई सुमधुर र दीर्घकालीन बनाउन के–के कुरामा ध्यान दिने त ? के–के कुरा बोल्ने, के नबोल्ने ?

पार्टनरसँग अन्य महिलाको प्रशंसा भुलेर पनि नगर्नुस्

यो साह्रै सामान्य कुरा हो कि, कुनै पनि महिलाले आफ्नो पति वा प्रेमीले आफूसँग अन्य महिलाको सौन्दर्यको प्रशंसा गरेको मन पराउँदैनन् । पार्टनर अगाडि हुँदा बिर्सेर पनि अन्य महिलाको तारिफ गर्नुस् । महिला प्रायः आफ्नो पार्टनरसँग हुँदा आफ्नै मात्र ख्याल गरोस् र प्रशंसा गरोस् भन्ने चाहन्छन् ।


आमा–बुबासँग कुरा नजोड्नहोस्

भेटघाट वा बसाइक्रममा तपाईं आफ्नी प्रेमिकासँग यस्तो विषय र प्रसंगमा कुरै नगर्नुहोस् कि, जसका कारण उनका आमा–बुबा वा परिवारका अन्य सदस्य जोडिएर आउँछन् । यस्तो विषयमा महिला पार्टनरले चाँडै मन दुखाउँछन् । जस्तो कि, तपाईंले ‘तिमी तिम्रो आमाकै जस्तो कुरा गर्छौ’ भन्नुभयो भने यसले आत्मीयता बिगार्छ ।

पूर्वप्रेमी वा प्रेमिकासँग तुलना नगर्नुहोस्

आफ्नी प्रेमिका वा प्रेमीसँग भेट हुँदै कहिल्यै पनि ऊ÷उनीसँग पूर्वपार्टनरको तुलना नगर्नुहोस् । यसो गर्नुभयो भने महिलाका लागि निकै ठूलो कुरा भइदिन्छ । जस्तो कि, ‘मेरी पूर्वप्रेमिका त यस्तो गर्दिनथिन्’ जस्ता कुरा भुलेर पनि नगरेको राम्रो ।

सकेसम्म ‘आइ लभ यु’ नभनेकै राम्रो

आफ्नी प्रेमिकासँग यस्ता कुरा कहिल्यै नगर्नुहोस् कि, जुन तपाईं क्षणभरका लागि भन्नका लागि मात्रै भनिरहनुभएको छ । अथवा, मनैबाट नभनेका कुरा मुखले जतिबेला मन लाग्यो, त्यत्तिबेला नभनेको राम्रो ।

तपाईंले आफ्नी प्रेमिकालाई ‘आइ लभ यु’ भन्दा कसरी र कुन अर्थमा भनिरहनुभएको छ भन्ने कुरा प्रेमिकाले सजिलै थाहा पाउँछिन् । यी गलत समय र अनावश्यक प्रसंगमा यसो भन्नुभयो भने प्रेमिकाले तपाईंलाई राम्रो सोच्दिनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...