विदेशको पैसा ल्याएर त्रिविमा भ्रष्टाचार गरिएको छः नेविसंघ

Nepal student union.jpg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा ब्यापक भ्रष्टाचार भइरहेको भन्दै छानविन गर्न अख्तियारको ध्यानाकर्षण गरेको छ । संघले विश्वविद्यालयमा विदेशी पैसा ल्याएर ठुलो मात्रामा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेको हो ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले पत्रकार सम्मेलन गरेर त्रिविका प्राध्यापकहरुले विदेशी आइएनजिओको पैसा ल्याएर नीतिगत भ्रष्टाचार तथा ठूलो आर्थिक घोटाला गरेको आरोप लगाएको हो । नेविसंघका नेताहरुले युएसएआईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको बताएका छन् ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका सभापति हरि आचार्यले विदेशी अनुदानबाट आएको करोडौं रुपैयाँ अनुशन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीहरुले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए । उनले त्रिविको लोगो र स्ट्यामसमेत दुरुपयोग गरी अनाधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेको दाबी गरे ।

उनले भने, ‘त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारसमेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका छ, नत्र त्रिविको लोगो र स्ट्याम कसरी दुरुपयोग भयो ? विदेशी प्रोजेक्टलाई त्रिविको विधानभित्र रहेर क्रियाकलापहरु गर्न पाईने भनिएको छ, तर युएसएआईडीसंग मिलेर यस्तो काम भएको छ, त्रिविका कार्यकारी पदाधिकारीहरुको अनुमतिविना यो काम कसरी भयो? कति आर्थिक दुरुपयोग भयो? त्यसका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोल्नुपर्छ ।’

आफूहरुले मानव संकाय प्रमुख प्राडालयप्रसाद उप्रेतीलाई यसबारेमा छलफल गरौं भनेर आग्रह गर्दा उनले मानव शास्त्रको विभागीय प्रमुखको जिम्मेवारीबाट राजिनामा दिएको उल्लेख गर्दै आचार्यले भने,‘राजिनामा दिएर पन्छिन मिल्दैन ।

त्रिविको लोगो दुरुपयोग गर्नेलाई कडा भन्दा कडा कानून कारबाही हुनुपर्ने आचार्यको माग छ ।नेपाल, नेपाली र त्रिविको हितविपरित विदेशी संस्थाहरुबाट आएका कुनैपनि प्रोजेक्टलाई त्रिविका पदाधिकारीहरुले अस्वीकार गर्नुपर्ने आफूहरुको माग गरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...