एकताको टुङ्गो नलाग्ने भएपछि पछि सर्यो नेकपाको सचिवालय बैठक

Nekapa sachibalaya

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको एकता तोकिएको समयमा टुङ्गो नलाग्ने भएपछि सचिवालयको बैठक पछि सरेको छ ।सोमबार साँझ बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी समितिको बैठक सार्ने निर्णय गरेको हो। प्रतिवेदन बुझाउन समय दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘कार्यदलहरुलाई रिपोर्ट प्रस्तुत गर्नका लागि साउन मशान्तसम्मको अवधि दिएका थियौं । अहिलेसम्म कतिपय कार्यदलले रिपोर्ट नदिएकाले अन्तिम पटक भदौ ७ गतेसम्म म्याद दिएका छौं’ उनले भने ‘निर्णय नभएर जुन अवस्थामा छ, त्यही अवस्थामा भदौ ७ गतेसम्म बुझाउनुपर्ने निर्णय भएको छ ।’

अहिलेसम्म पार्टी एकताका लागि प्रदेश स्तरमा गठन भएका कार्यदलको प्रतिवेदन पनि नआएको श्रेष्ठले जानकारी दिए । ‘रिपोर्ट १ र २ बाट आएकै छैन । अरु प्रदेशबाट सामान्यतया आएको छ, तर जिल्ला कमिटीबाट सूची आएको छैन’ उनले भने ।

यसअघि जनबर्गीय संगठन, विभाग, मोर्चा आदिको एकता ५ भदौमा टुङ्ग्याउने उद्देश्यका साथ ९-१० भदौमा स्थायी समितिको बैठक गर्ने योजना थियो।नेकपाको सचिवालय बैठकले भदौ ८ र ९ गते बस्ने भनेको स्थायी कमिटीको बैठक पनि १९ र २० गतेका लागि सारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...