आर्थिक पत्रकार समाज ‘सेजन’ लाई आर्थिक अनुसन्धान गर्न फ्याक्टसले सघाउने

Sanjay neupane

काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालाइटिक्स रिसर्च कम्पनीबीच आर्थिक अनुसन्धानलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता भएको छ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा सेजन र फ्याक्ट कम्पनीबीच आर्थिक अनुसन्धानलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

स्वर्गीय सञ्जय न्यौपानेको नाममा स्थापना गरिएको ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सेजनका अध्यक्ष पुष्पराज आचार्य र फ्याक्टका महाप्रवन्धक मनिष झाले हस्ताक्षेर गरे। फेलोसिपका लागि कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने गरी सम्झदारी गरिएको सेजनका महासचिव भीम गौतमले जानकारी दिए।

यो फेलोसिप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ। फेलोसिपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था पनि गरिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...