राप्रपाका सबै पदाधिकारी पदमुक्त, प्रत्येक जिल्लामा केन्द्रिय सदस्य रहने

Kamal thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपाको पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीलाई थप सशक्त बनाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुनःगठन गर्न सबै पदापधिकारीलाई पद मुक्त गरेको हो ।

सो बैठकले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन संशोधनसहित पारित पनि गरेको छ । पारित प्रतिवेदनअनुसार अब राप्रपाको केन्द्रीय कार्य समिति २७७ सदस्यीय हुनेछ ।

पार्टीको महाधिबेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरेको छ । अब प्रत्येक जिल्लाबाट कम्तिमा एक/एक जनाको केन्द्रीय कार्य समितिमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुने गरी निर्वाचन हुने व्यवस्था सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार विधानमा उल्लेख भएका पदाधिकारीहरुमध्ये ५० प्रतिशत महाधिबेशनबाट निर्वाचित हुने र ५० प्रतिशत अध्यक्षबाट मनोनित हुनेछन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सो बैठकले गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठकको निर्णयअनुसार देशका सवै प्रदेश र स्थानीय तहहरुमा पार्टीको संगठनलाई सुदृढ ढंगले पु¥याउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सो बैठकले संगठन बिभाग र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानसम्बन्धि दुई छुट्टाछुट्टै कार्ययोजनालाई बैठकले अनुमोदन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...