प्रदेश १ का मुख्यमन्त्रीको राजिनामाको माग्दै गर्दै प्रर्दशन

Limbuwan aandolan

इटहरी । प्रदेश १ का मुख्यमन्त्रीको राजिनामा माग गर्दै इटहरीमा प्रदर्शन भएको छ ।

संघीय लिम्बुवान मञ्चले मुख्यमन्त्री शेरधर राईको राजिनामा माग्दै प्रर्दशन गरेको हो ।

विश्व आदिवासी दिवसका दिन सरकारी विदाको अवहेलना गर्ने प्रमुख जिल्ला अधिकारीहरुलाई कारवाही नगरेको भन्दै प्रदेश प्रमुखको राजिनामा माग गर्दै प्रदर्शन भएको हो । प्रदेश सरकारले दिएको सार्वजनिक बिदा प्रदेशभित्रका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले नमानेको उनीहरुको भनाई छ ।

सरकारी निर्देशन नै नमान्ने प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्न नसक्ने मुख्यमन्त्री हुन नसक्ने भन्दै राजिनामा मागिएको मञ्चका अध्यक्ष कुमार लिङदेनले बताए ।

सोमबार बिहान मुख्य मन्त्री राईको राजीनामा माग्दै नाराबाजी गरिएको छ । मञ्चले प्रदेश एकको नाम लिम्बुवान प्रदेश राख्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार सोमवार दिउसो इटहरीदेखि विराटनगरसम्म मार्चपास गर्ने जनाएको छ। प्रदेशको नामाकरणको माग राख्दै मार्चपास सहित मुख्य मन्त्री कार्यालयसम्म पुग्ने कार्यक्रम रहेको मञ्चका नेता केदार उप्रेतीले जानकारी दिए ।

प्रदेशको नाम लिम्बुवान, किरात वा खम्बुवान बनाउन उनीहरुले माग गरेका छन् । उनीहरुले प्राकृतिक सम्पदाको नामवाट प्रदेशको नामाकरण गरिन नहुने बताएका छन् । त्यसो गरिए मान्य नहुने भनाई उनीहरुको छ । उनले भने, ‘बरु प्रदेश एक नै उपयुक्त छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...