प्रधानमन्त्रीको उग्र राष्ट्रवाद कारुणिक विसर्जन भयो : कांग्रेस

Nepali congress party office

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उग्र राष्ट्रवाद लम्पसारवादमा परिणत भएको बताएको छ । कांग्रेस प्रवक्त पविश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा उग्र राष्ट्रवादको कारुणिक विसर्जन भएको बताएका हुन्।कांग्रेसले आइतबार केन्द्रीय पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सरकार आफ्नो प्रतिवद्धतामा जस्ट पास भएको टिप्पणी गरेको छ ।

कांग्रेसले सरकारको समीक्षा गर्दै सरकार आफ्नो प्रतिवद्धतामा उत्रिण मात्रै भएको टिप्पणी गरेको हो। राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, सम्वृद्धिको यात्रा र न्यायलयप्रतिको दृष्टिकोणमा सरकारका कामकारवाही उत्कृष्ट रुपमा अंकित हुन नसकेको ठहर कांग्रेसले गरेको छ ।

‘प्रधानमन्त्रीजी जष्ट पासको अवस्थामा देखिनुभएको छ। हामीले त्यसलाई अझै उत्तारित भन्नुपर्ने गरी ठहर गर्नु पर्ने अवस्था छ ।’ पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हामीले पुरै फेल भनेका छैनौं। तर, उत्तारित अवस्थाबाट मुलुकलाई उकालो लगाउन सकिँदैन । उत्तारित सर्टिफिकेट बोकेर मुलुकलाई उकालो लगाउन प्रधानमन्त्रीले सक्नुहुन्न। उहाँलाई असफल हुने सुविधा छैन, छुट छैन ।’

प्रतिपक्षका प्रति द्धेषयुक्त अभिव्यक्तिहरु आउनु, निषेधाज्ञा तथा मिडियामा हस्तक्षेप गर्दै नागरिक स्वतन्त्रता माथि अतिक्रमण गरेकाले सरकार सम्पुर्ण रुपमा असफल हुँदै गएको निष्कर्ष कांग्रेसले निकालेको छ ।

विपक्षीदलले सहयोग गरिरहेको बेलामा जिम्मेवार ढंगले समन्वय सहकार्य गरेर सबैको विश्वास लिन पहलकदमी गर्न नसक्नुु नै सरकारको असफलता भएको प्रवक्ता शर्माको भनाई छ । दुई तिहाईको सरकार भएपछि काम त्यस अनुरुपको हुन नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

प्रवक्ता शर्माले प्रश्न गरे, ‘खोइ कहाँ छ दुई तिहाइको सरकार ? कहाँ छ त्यो शक्तिशाली प्रधानमन्त्रीको ओझ व्यक्तित्व ? खोइ नीति तथा कार्यक्रम त्यो अनुसारको ? खोइ त्यो अनुुसारको बजेट ?सम्वृद्धिको सन्दर्भमा ६ महिनालाई हेर्ने हो भने हामीले प्रशंसा गर्ने खालको कार्यक्रम के आयो ? कहाँ पुग्यो चुलाचुलामा ग्यास पु¥याउने कुरा ? ६ महिनाभित्र बजेटमा त्यो किन हिस्सा बन्न सकेन ? रेलमार्गका विषयमा कसले गर्ने लगानी ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...