जिल्ला अध्यक्षको म्याराथन दौडमा कसले मार्ला बाजी ?

Nekapa bajura

बाजुरा । जिल्ला संगठन समायोजन गर्न नेकपा केन्द्रीय कमिटिले तोकेको समयसीमा सकिन लाग्दा जिल्लाको अध्यक्षमा चार जना नेताको नाम सिफारिस भएका छ ।

बाजुरा अध्यक्ष तत्कालिन एमालेको भागमा परेपछि एमालेका दर्जनौं युवा नेताहरु अध्यक्ष पद हुत्याउन लविङ गरिरहेका छन् । का लागि आ–आफ्नो लविङ्गमा रहेका छन् । अध्यक्षको दावेदार भनिएका केही नेताहरु भने सिफरीसमै परेनन् ।

सिफारिसमा परेका नेता गगन रावल, भरत थापा, जनक बोहोरा र लालबहादुर ओलीमध्ये एक जनाले नेकपाको जिल्ला हाँक्ने अवसर पाउने छन् । नेकपा केन्द्रीय सदस्य लालबहादुर थापाले चार जनाको नाम सिफरिस गरिएको बताउँछन् ।

अध्यक्षका बलिया दाबेदार रहेका तत्कालीन एमाले उपसचिव गगन रावल बाजुरा जिल्ला इन्चार्जसमेत हुन् । रावल स्थानीय निर्वाचनमा एमालेका तर्फबाट बडीमालिका नगरपालिकाको मेयरको चुनाव लडेर पराजित भएका थिए ।

अर्का नेता भरत थापा तत्कालीन एमालेमा लामो समय सक्रिय राजनीतिमा लागेका युवा नेता हुन् । युवा संघ पूर्व जिल्ला अध्यक्षसमेत रहेका नेता थापा एमालेको राजनीतिमा अरु तीन जनाभन्दा अगाडि प्रवेश गरेका नेताको रुपमा चिनिन्छन् ।

पछिल्लो पुस्ताका युवा नेताहरुमा जनक बोहाराको पहिचान अलि फरक छ । अनेरास्ववियूबाट एमालेको राजनीतिमा प्रवेश गरेका नेता बोहोरा एमालेमा रहँदा उनले संगठन विभागको नेतृत्व गरेका थिए । स्थानीय निर्वाचनमा एमालेका तर्फबाट बुढिनन्दा नगरपालिकाको मेयरको चुनाव प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए ।

यता सामाजिका अभियान्ताको पृष्ठभुमिबाट एमालेको सक्रिय राजनीतिमा आएका लालबहादुर ओली अनुशासित र मेहनती पाका नेताको रुपमा परिचित छन् । स्थानीय निर्वाचनमा एमालेका तर्फबाट खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा चुनाव लडेर उनी पनि पराजित भएका थिए ।

यी चारै जना नेताको आ–आफ्नै उच्च छवी छ । तर, स्थानीय तहको निर्वाचनमा युवा नेता भरत थापा बाहेकले चुनावी नतिजा आफ्नो हात पार्न असफल रहेका थिए । सम्भवतः यी चारैजना अध्यक्षको म्याराथनमा रहेको स्पष्ट हुन्छ ।

यता सचिव पदमा नेता महेश शाही र भरत बुढाको नाम चर्चा रहेको छ । उनीहरु तत्कालीन माओवादी केन्द्रका नेता हुन् । सम्भवतः भरत बुढा नै नेकपाको जिल्ला सचिव बन्ने सम्भावना छ ।

प्रतिकृया दिनुहोस