कानुन बनाउँदै संशोधन गर्दै जानु सांसदहरुको असक्षमता : अध्यक्ष तिमिल्सिना

Garesha timilsena n

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माणमा दीर्घकालिन सोच बनाउनुपने बताएका छन् ।

उनले कानुन निर्माणको केही समयमा नै संशोधन गर्नुपर्ने अवस्था आउँदा कार्यकुशलता र सक्षमतामा प्रश्न उब्जने भएकाले दुरगामी दृृष्टि राख्नुपर्ने बताएका हुन् ।

राजधानीमा शनिबार आयोजित संविधान कार्यान्वय सम्बन्धी अन्तरक्रियामा उनले कानुन बनाएको केही समयमा नै संशोधन गर्न पर्ने अवस्था आउनु लज्जास्पद हुने उनको तर्क थियो । उनले भने, ‘संघीय संसदको पहिलो निर्वाचनबाट आएका सांसदले बनाएको कानुन ५० वर्ष-२० वर्ष चेन्ज गर्नु नपर्ने बन्यो भन्ने दुरदृष्टिका साथ जान सकौं न । अहिले बनायो, दुई वर्षमा बनाउनुपर्यो भने त हामी सक्षम हौं कि कमजोर हौं भन्ने त्यहाँबाट पनि खुल्न आउँछ ।’

अध्यक्ष तिमिल्सिनाले विधि निर्माणको काम छोडेर सांसदहरुले सचिवका ढोका चाहार्ने प्रणालीको अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘बिधायिकाले विकासको कुरा नीति बनाएर पैसा तल पठाईदिने कि एउटा फाईल बोकेर किन हिड्ने ?’

जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डिना’ले संसदमा सरकारले पेश गरेको नागरिकता सम्बन्धी विधेयकले महिलालाई अधिकार दिनुको सट्टा दोश्रो दर्जाको नागरिक बनाउने काम गरेको भन्दै त्यस विरुद्ध एक हुन सहभागी सांसदहरुलाई आग्रह गरिन् ।

संसदमा विचाराधिन नागरिकता सम्बन्धी विधेयकका कतिपय व्यवस्था संविधानले गरेको व्यवस्था भन्दा पछि हटेर बनाईएको भन्दै उनले आपत्ती जनाइन् । उनले संविधानले नै आमा वा बाबुको नाममा नागरिकता जारी गर्न सकिने व्यवस्था गरिसकेकाले विधेयकमा आमाले बच्चाको बाबुको पुष्ट्याई गर्नुपर्ने प्रावधान राखिनु गलत भएको टिप्पणी गरिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...