प्रदेश ७ को नाम ‘महाकाली’, राजधानी छनौट विज्ञको सुझावमाः राजमो

Rajamo gyapan

धनगढी । राष्ट्रिय जनमोर्चाले प्रदेश नं ७ को नामाली राख्न सुझाव दिएको छ । प्रदेश राजधानी छनौट गर्न भने विज्ञहरुको आयोग बनाउन राजमोले सुझाव दिएको छ।

शुक्रबार राष्ट्रिय जनमोर्चा ७ नं. प्रदेश समितिले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै सो सुझाव दिएको हो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रदेशको राजधानी विवादलाई समाधान गर्न विज्ञहरु सम्मिलित स्वतन्त्र तथा अधिकार सम्पन्न उच्च स्तरीय आयोग गठन तथा प्रदेश नं. ७ को नामांकरण महाकाली प्रदेश राख्नुपर्ने सुझाव दिएको केन्द्रीय सदस्य भट्टले बताए ।

प्रदेशको राजधानी कायम गर्दा विगतमा आफ्नो राजनीतिक क्षेत्र सुरक्षित हुने गरी भएको भौगोलिक विभाजन, जिल्ला र स्थानीय तह वा तिनीहरुको मुकाम कायम गर्ने प्रवृति नदोर्याउन पनि राजमोले चेतावनी दिएको छ ।

संघीयताको विरोध गर्दै आएको राजमोले यसअघि पनि संघीयता खारेजीको माग गर्दै सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन बुझाएको थियो । राजमोले संघीयता खारेज गरी एकात्मक राज्य अन्तर्गत सातवटै प्रशासनिक प्रदेश कायम गर्न माग गरेको नेता भट्टले जानकारी दिए । उनले यसअघि नामाकरण गरिएका दुईवटा प्रदेशका नामहरु ‘कर्णाली’ र ‘गण्डकी’ आफ्नो पार्टीको प्रस्ताव भएको भन्दै बाँकी प्रदेशको नाम पनि भौगोलिक आधारमा राख्नुपर्ने बताए ।

ज्ञापन पत्र राजमोका केन्द्रीय सदस्य नन्दराज भट्टले वाचन गरी मुख्यमन्त्रीलाई बुझाएका थिए भने सञ्चालन राजमो ७ नं प्रदेशका सचिव एवं कैलाली जिल्ला अध्यक्ष लक्षीराम आचार्यले गरेका थिए । कार्यक्रममा राजमोका वैकल्पिक केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, अखिल (छैटौं) का केन्द्रीय सचिव महेश जोशी लगायत नेताहरुको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...