सरकारप्रति दाहाल असन्तुष्ट, सरकारका कामकारवाही सच्याउन आग्रह

Prachand

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाल मण्डल पर्यटन नगरीले आयोजना गरेको नेपाल मण्डल पर्यटन महोत्सव तथा ‘टिस्टा, काँगडा नेपाल एकीकरण, वीर योद्धाको सम्मान र सम्झना’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कार्यशैली सच्याउन सरकारसँग आग्रह समेत गरे ।

वर्तमान सरकार जनताकै सरकार र जनताप्रति समर्पित भएको विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा आएको बताउँदै दाहालले ‘जनताको आकांक्षा सम्बोधन गर्न सरकारका कामकारवाहीबारे सच्याउने आँट गर्नुपर्छ ।’

उनले सबै राजनीतिक शक्ति, नागरिक समाजको सहयात्रा, सहकार्य र एकताबिना ऐतिहासिक युग निर्माण गर्ने काम सम्भव नभएको पनि बताए ।

अध्यक्ष दाहालले भने, ‘तराई मधेश, पहाड र हिमाललाई एकापसमा जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध गर्न र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।’

धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदै जारी भएको संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरिएको उल्लेख गर्दै उनले ७० वर्षकोे इतिहासमा नेपालमा कुनै पनि सरकार पाँच वर्ष नटिकेको कटु अनुभवलाई चिर्दै स्थिर सरकार गठन गरी आर्थिक विकास र समृद्धितर्फ मुलुकलाई लैजाने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताए ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले जनतामा क्रान्तिकारी भावना सिर्जना गर्न चित्रकारिताले सहयोग गर्नुपर्ने बताए । उनले जनताको भावना प्रतिनिधित्व गर्ने, राजनीतिक उद्देश्य प्राप्तिका क्रममा जनताले गरेका बलिदानीको भावना झल्कने किसिमका चित्रकलाको प्रदर्शनी गर्न सुझावसमेत दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...