सरकारले महंगी र कर बढाउने बाहेक केही राम्रो काम गरेनः नेता पौडल

Ramchandra poudel 1

काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र्र पौडेलले सरकारले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक अरु केही गर्न नसकेको बताएका छन् ।

बिहिबार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क पनि गरे ।

उनले सरकार पूर्णतः असफल भएको दावी पनि गरेका छन् । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको दावी गरे । उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको बताए । वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।

शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भिर नभएको उनको आरोप छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले

प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई अस्विकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भीर प्रहार गरेको आरोप लगाए । उनले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दावी  गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...