पुनर्निमाणमा राजनीतिकरण : तीन वर्षमा पाँचौ कार्यकारी प्रमुख सुशील ज्ञवाली

Ceo vpl72gdotq

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् ।नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीलगायतका कर्मचारीहरुले उनको स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले तोकिएको समय भित्रै पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

उनले विगतको कामको समीक्षा गर्ने र प्राधिकरणका लागि आवश्यक वित्तिय व्यवस्थापनको चुनौति सामना गर्न पनि आवश्यक कार्ययोजना बनाउने बताए । त्यस अवसरमा उनले आफूले नै पहिलो पटक प्राधिकरणको नेतृत्व लिँदा यसको जग बसाल्ने काम गरेको दाबी पनि गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा प्राधिकरणका सचिव कार्कीले प्राधिकरणको कामबारे संक्षिप्त जानकारी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई गराएका थिए । उनले प्राधिकरणले पुनर्निर्माणको कामलाई साँढे २ वर्ष भित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको पनि जानकारी दिए । प्राधिकरणको सो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको छ ।

सचिव कार्कीले सो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले स्विकृत गरेपछि पुनर्निर्माणको कामले गति लिने पनि बताए ।तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७२ साल पुस १० गते पहिलो पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएका ज्ञवालीलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले हटाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...