नेकपा फुटाउने षडयन्त्र भइरहेको छ : अध्यक्ष दाहाल

 pro ktm pm

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेकपालाई फुटाउने प्रयास भइरहेको बताएका छन् । अध्यक्ष दाहालले पार्टी फुटाउने षडयन्त्र सफल हुन नदिने दाबी पनि गरे ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा दाहालले पार्टीलाई फुटाउने र सरकारलाई कमजोर बनाउने षडयन्त्र भइरहेको दाबी गरेका हुन् ।

पार्टी फुटाउने षडयन्त्र भएको बताएपनि षडयन्त्र कसले गरेको भन्नेबारे दाहालले केही बताएनन् । अध्यक्ष दाहालले पार्टीमा विभिन्न खालका चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने पनि बताए ।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने एक मात्रै शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेको पार्टीमा प्रवेश गरेका युवाहरुले पनि पुष्टि गरेको दाबी गर्दै राष्ट्र र जनताको हितमा सरकारलाई अझै मजबुतका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे। उनले पार्टीले विकास र समृद्धिको उडान भर्ने तयारी गरिरहेको दाबी पनि गरे ।

कार्यक्रममा काठमाडौं, ललितपुर र ओखलढुंगाका विभिन्न राजनीतिक दलका युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...