टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई अदालतमा उपस्थित

Resam chaudhari

घटनाको अभियुक्तहरुलाई तीन वर्षपछि अदालतमा उपस्थित गराइएको छ ।

पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको हो । यसअघि साउन २४ मा तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अस्वस्थ भएपछि बुधबारका लागि सारिएको थियो ।

प्रतिवादीतर्फका कानुन व्यवसायी गंगाराम पाध्यायले बु्धबार नै मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादीतर्फको प्रमाण बुझेर साक्षी बोलाउन आदेश जारी हुन सक्ने बताए ।

टीकापुरमा भएको थरुहट र थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालक सहित ७ प्रहरीको मृत्यु भएको थियो । त्यसको भोलिपल्टदेखि जारी गरिएको कफ्र्युको समयमा थारु समुदायको दर्जनौं घर, पसल, एफएमलगायतमा आगजनी भएको थियो ।

उक्त घटनामा २ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनाविरुद्ध विभिन्न अभियोग छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका प्रतिनिधि सभा सदस्य रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...