उपसचिव कुट्ने भण्डारीमाथि होला त कारबाही ?

Bhandari

काठमाडौ‌ । गएको आइतबार कर्मचारी सरुवाको विषयमा भनाभन हुँदा संघीय मामिला मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई मन्त्रालयभित्रै कर्मचारी नेता जीवन भण्डारीले हातपात गरे । सामान्य कर्मचारी या कुनै सेवाग्राहीले मन्त्रालयका उपसचिवमाथि त्यसरी हातपात गरेको भए प्रहरीले तत्कालै घोक्रेठ्याक लगाएर हिरासतको हावा खुवाइसक्थ्यो ।

तर, जीवन भण्डारी कर्मचारी नेता हुन्, त्यो पनि सत्तारुढ दलको । भण्डारी नेकपा निकट नेपाल निजामती कर्मचारी यूनियनका उपाध्यक्ष हुन्। त्यसकारण उनीमाथि कारवाहीको सम्भावना न्युन छ । भएपनि औपचारिकतामा सिमित हुने अनुमान धेरैले गरेका छन् ।

सत्ताको आडमा कर्मचारी सरुवा बढुवा गर्न कर्मचारी संगठनको सामान्य हैसियतका नेताहरुले उच्च पदस्थ अधिककारीलाई धम्काउने रोग पुरानै हो । उनीहरुलाई कारवाही नहुँदा कर्मचारी संगठनले नै सरकारलाई प्रभावित पार्ने गरेको छ ।

उपसचिव कुट्ने भण्डारीलाई कारवाही थालिएको संघीय मामिला मन्त्रालयले जनाएको छ । भण्डारीमाथि कारबाही गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।
भण्डारी शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय निरीक्षक पदमा कार्यरत छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...