आठौं महाधिवेशनको तयारीमा जुट्यो मसाल, प्रकाण्ड पक्राउप्रति मसालको आपत्ति

Mohan bikram singh

काठमाडौं । नेकपा (मसाल)ले आठौं महाधिबेशन गर्ने निर्णय गरेको छ ।

नेकपा(मसाल) को यही श्रावण १८देखि २७ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन तयारीका सन्दर्भमा निर्णय गरेको महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा जनाइएको छ । महाधिबेशनको मिति भने सार्वजनिक गरिएको छैन ।

बैठकले आठौँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानसम्बन्धी संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र जाति, संस्कृति र धर्मसम्बन्धी प्रस्तावका मस्यौदा दस्तावेजहरू स्वीकृत गरेको तथा राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावसम्बन्धी प्रस्तावबारे भिन्न मतका प्रस्तावहरू पनि बैठकमा प्रस्तुत गरिएका वक्तव्यमा उल्लेख छ ।

महाधिबेशन तयारीका क्रममा पार्टीका सबै सदस्यहरूलाई पार्टीका दस्तावेजहरूबारे पक्ष वा विपक्षमा आफ्ना मतहरू प्रकट गर्ने, पार्टीका नीति, नेतृत्व वा पार्टीका कार्यहरूबारे आफ्ना आलोचना पूरै पार्टीमा तलदेखि माथिसम्म सम्प्रेषण गर्ने अधिकार हुने जनाइएको छ । नेकपा (मसाल)ले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सरकारले गरेको गिरफ्तारीप्रति आपत्ति प्रकट गर्दै उनलाई तत्काल रिहाई गर्न समेत माग गरेको छ।

सो पार्टीले महिला हिंसाका घटनालाई फास्ट ट्रयाकबाट समस्या समाधान गर्ने गरी पारिवारिक अदालतको गठन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । ज्येष्ठ नागरिकहरुलाई सुविधा दिन, बाढी पीडितलाई राहत तथा भूकम्प पीडितको आवास निर्माणमा ढिलाई भइरहेकोतर्फ पनि पार्टीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, देशमा बढ्दै गइरहेको कर बृद्धिबारे पनि मसालले चिन्ता प्रकट गरेको छ । सङ्घीयताका कारणले नै जनतामा ठूलो पैमानामा कर लगाइएको मसालको निष्कर्ष छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...