प्राकृतिक स्रोत तथा वित्तिय आयोग तत्काल गठन गर्न सांसदहरुको माग

Sangiya sansad n

काठमाडौं । असार मसान्तमा बजेटको दुरुपयोग बढेको भन्दै आर्थिक वर्ष चैत मसान्तमा सार्न माग गरेका छन् । सांसदहरुले विकास प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

अर्थ समितिको आईतबारको बैठकमा बोल्दै सांसद डा.बाबुराम भट्टराईले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेका हुन् । उनले आर्थिक क्षेत्रको कार्यान्वयनका लागि मुख्य निकाय आयोग भएको उल्लेख गर्दै त्यसको गठनमा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा . भट्टराईले आयोग गठन नभएकै कारण संघीयता कार्यान्वयनको काम अस्तव्यस्त हुने अवस्था रहेको तर्क पनि गरे ।बैठकमा बोल्दै सांसद महेश बस्नेतले सार्वजनिक खरिद ऐन संशोधन गर्न ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले आर्थिक वर्ष असारको मसान्त नभई चैत्रको मसान्ततिर सार्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए ।

समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा . युवराज खतिवडाले असारको अन्तिममा आएर बजेट खर्च गर्ने परिपाटी अन्त्यका लागि सरकारले बजेट कार्यान्वयन कार्यतालिका बनाएर कामलाई अघि बढाएको स्पष्टिकरण दिए । उनले राजस्व असुली बढाउन सरकारले करको दायरा बढाउने र राजस्व चुहावट नियन्त्रणको नीति लिएको पनि समितिलाई जानकारी गराए ।

प्रतिकृया दिनुहोस