बिमस्टेककले दुरदृष्टिसहितको बडापत्र बनाउने

Bimstec

काठमाडौं । स्थापनाको २१ वर्ष पछि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)ले औपचारिक रुपमा दूरदृष्टी सहितको बडापत्र पाउने भएको छ ।

काठमाडौंमा बसेको विमस्टेकका सदस्य राष्ट्रका पदाधिकारीहरुकोे बैठकले बिमस्टेकको बडापत्र बनाउने सहमति गरेको हो । साथै बैठकमा शिखर सम्मेलनपछि जारी हुने घोषणापत्रका विषयमा पनि सहमति जुटाएको छ ।

विमस्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राख्नुपर्नेमा सदस्य राष्ट्रका पदाधिकारीहरुले जोड दिएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए।

नेपालले भूपरिवेष्ठित राष्ट्रको कनेक्टिभिटीका मुद्धालाई समेत जोड दिइएको जानकारी दिए। विद्युतीय प्रसारण लाइन विस्तार, सडक सञ्जाल लगायतका विषयमा समेत सदस्य राष्ट्रका पदाधिकारीबीच छलफल भएको थियो।

बैठकमा विम्स्टेकको आम्दानी तथा खर्च, सचिवालयको प्रभावकारी सञ्चालन लगायतका विषयमा समेत छलफल भएको थियो। यस्तै बैठकमा नेपाल–भारत प्रबुद्ध समूह जस्तै प्रवुद्ध समूह इपीजी गठन र यसका क्षेत्राधिकारका विषयमा समेत चर्चा गरिएको सचिव वैरागीले जानकारी दिए।

भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको अन्य तयारीमा सरकार जुटेको छ। विम्स्टेक शिखर सम्मेलनको तयारी स्वरुप बसेको बैठकमा बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु सहभागी थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...