स्व. राणाप्रति कांग्रेस सभापति देउवाद्वारा श्रद्धाञ्जली

Bharat samsr

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.भरत शमसेर राणाको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् । सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्व केन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका हुन् ।

सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पु-याउनुभएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन्।

सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
कांग्रेसका नेता भरत शम्शेर राणाको शनिबार भारतको कोलकोतामा ९० वर्षको उमेरमा निधन भएको हो ।

गोरखा परिषद्का संस्थापक अध्यक्ष राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

२०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए।

उनका पत्नी, दुई छोरी र दुई छोरा छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...