पार्टी एकताका लागि कार्यशाला गरिने

Rpp lohani  nc bp

काठमाडौं । एराप्रपा (राष्ट्रवादी) र नेपाली कांग्रेस (विपी) बीच पार्टी एकताको अन्तिम तयारी भएको छ ।

पार्टी एकताको पूर्व सन्ध्यामा भदौ पहिलो साता एक दिने कार्यशाला हुने भएको छ । दोस्रो हप्ताभित्र परिणाममुखी दस्तावेज र रणनीति र कार्यनीति सम्बन्धमा ठोस दृष्टिकोण तय गर्न एक दिने कार्यशाला गोष्ठी गर्ने भएको छ ।

एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेपाली कांग्रेस (विपी) का अध्यक्ष हरिवोल भट्टराईबीच शनिवार भएको वार्तामा भएको ३ बुदे सहमति अनुसार दुबै कार्यशालाबाट आएका विचार र दृष्टिकोणलाई सचिवालयले लिपिवद्ध गर्ने सहमति भएको छ ।

एराप्रपा (राष्ट्रवादी) का वार्ता टोलीका सदस्य सचिव झनक प्याकुरेलका अनुसार दुबै कार्यशालाबाट आएका सुझावका आधारमा सबै प्रदेशमा केन्द्रिय भेला हुने र राष्ट्रवादी प्रजातान्त्रिक राष्ट्रबन्धनको औचित्य पेश गरिनेछ ।

प्रतिकृया दिनुहोस