प्रदेश र स्थानीय तहको अलमल अधिकार प्रयोग गर्न नजानेरः मन्त्री पण्डित

Lalbabu pandit

भक्तपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तह र प्रदेशहरुले आफुले पाएको अधिकार समेत प्रयोग गर्न नजानेर अलमलमा परेको बताएका छन् । उनले पुरानो संरचना छाडेर नयाँ संरचनामा जाँदा केही समस्या आउन सक्ने भन्दै समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति भक्तपुरको दोश्रो जिल्लासभामा उनले प्रदेश र स्थानीय सरकारले नयाँ व्यवस्था तथा संरचनामा आउने समस्यालाई अरुलाई भन्दै हिड्ने भन्दापनि समाधान गर्नेतर्फ लाग्नुपर्छ भने ।

 मन्त्री पण्डितले संविधानले दिएको अधिकारभित्र बसेर तीन वटै तहको सरकार सञ्चालन हुनुपर्छ भन्दै कतिपयले नपाएको अधिकार प्रयोग गर्ने, कतिपयले पाएको अधिकार पनि पुगेन भन्ने, कतिपय पाएको अधिकार पनि धेरै भो भन्ने कतिपय अझै अलमल मै परेको धारणा व्यक्त गरे ।

बजेट वितरणमा सरकारले कसैलाई पनि विभेद नगरेको उल्लेख गर्दै उनले सरकारले मापदण्ड बनाएर बजेट बाँडफाँड गरेकाले भेदभाव नभएको स्पष्ट पारे ।

 कार्यक्रममा सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकालाई सम्मान गरेको छ भने उत्कृष्ठ कर्मचारीलाई पुरस्कार प्रदान गरेको छ ।

 

प्रतिकृया दिनुहोस