यसरी हुँदैछ नेकपामा तल्लो तहसम्म एकता

Ncp

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले तल्लो तहसम्म पार्टी एकताका लागि खाका तय गरेको छ । नेकपाको हालै बसेको सचिवालय बैठकले एकताको खाका तय गरेको हो ।

पूर्वएमाले चारवटा र पूर्वमाओवादीले तीनवटा प्रदेश कमिटीको नेतृत्व लिने अनौपचारिक सहमति भएको छ । १, ३, कर्णाली र ७ प्रदेशको अध्यक्ष पूर्वएमाले र २, गण्डकी र ५ प्रदेशको अध्यक्ष पूर्वमाओवादीको भागमा पर्ने एक सचिवालय सदस्यले बताए ।

यद्यपि, प्रदेश संगठन कमिटीमा स्थायी समिति तहका नेताहरूलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइने भएकाले अध्यक्ष र सचिव पदको बाँडफाँड पनि सन्तुलन मिलाएर गर्ने तयारी छ । प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको स्थायी समिति सदस्य तथा प्रदेश ३ कार्यदलका सदस्य अग्निप्रसाद सापकोटाले बताए ।

‘एकताको स्पिरिटअनुसार भावनात्मक एकता प्रतिबिम्बित हुने गरी पूर्वपार्टीका तर्फबाट प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरी छलफल चलिरहेको छ,’ सापकोटाले भने ।

पूर्वएमालेका नेताहरूले प्रदेश ६ मा तत्कालीन माओवादीका नेता मुख्यमन्त्री रहेकाले प्रदेश अध्यक्षमा दाबी गरेका छन् । उता, प्रदेश २ मा पूर्वमाओवादीले अध्यक्षभन्दा इन्चार्जमा बढी रुचि राखेको छ ।

यसअघि प्रदेशको जिम्मेवारी सम्हालेका नेताहरूको मर्यादाक्रमलाई समेत ख्याल गरेर इन्चार्ज र अध्यक्ष तथा सहइन्चार्ज र सचिव बाँडफाँडको सन्तुलन मिलाउने तयारी छ । अहिलेसम्म टुंगिएका प्रदेश १ मा पूर्वएमाले बढी समेटिएको कमिटी बन्ने भएको छ ।

कर्णाली प्रदेशमा भने पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना समेटिएको कमिटी बन्ने भएको छ । बाँकी प्रदेशमा २ नम्बरबाहेक पूर्वएमाले बढी सदस्य रहेको कमिटी बनाउने तयारी छ ।

प्रदेशमा जस्तै जिल्लामा पनि कार्यदलले तय गरेको मापदण्डका आधारमा एकीकरण गर्ने तयारी छ ।

एउटा पक्षको अध्यक्ष हुने अवस्थामा अर्को पक्षबाट इन्चार्ज र सचिव रहने तथा अध्यक्ष पाउने पक्षले जिल्लामा सहइन्चार्ज पाउने गरी एकता गर्ने मोडल तयार भइरहेको छ ।

७७ जिल्लामध्ये पूर्वएमालेबाट ४५ देखि ४८ र पूर्वमाओवादीबाट २९ देखि ३२ जिल्ला अध्यक्ष लिने गरी कार्यदलहरूमा समग्रमा छलफल चले पनि एउटै पार्टी भइसकेकाले कसले कति लियो भन्ने हिसाब आउने गरी प्रतिशत या संख्या निकाल्न नसकिने सचिवालयका एक नेताले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...