सरकार हावा खुस्किएको साइकल जस्तो भयो : लोहनी

Lohani ko pasrty prabesh

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार हावा फुस्किएको साइकल जस्तो अनियन्त्रित भएर जाने डर बढेको बताएका छन् ।

पार्टी निकट युवा शक्तिले शुक्रबार आयोजना गरेको नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रममा डा. लोहनीले सरकार दुई तिहाईको दम्भ देखाएर सरकार भ्रष्टचारमा लिप्त भएको बताए ।

उनले सरकारलाई सचेत गराउन र मुलुकलाई अघि बढाउन राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति एक हुनुपर्ने बताए । उनले देशमा बढ्दै गएको भ्रष्टचार अन्त्य गर्न राष्ट्रिय युवा शक्ति एक भएर लाग्न निर्देशन पनि दिए ।

मुलुकमा अहिले बलियो सरकार स्थापना भए पनि समाजमा हत्या, हिंसा र बलात्कारका घटना हुनाले शान्ति सुरक्षा कमजोर रहेको देखिएको बताउँदै उनले काला बजारीलाई दण्डित गर्न नसकेकाले जनता महंँगीको मारमा परेकाले अविलम्ब प्रशासनिक सुशासन कायम गर्न सरकारसँग माग पनि गरे ।

सो कार्यक्रममा महामन्त्री श्याम तिमिल्सेना, राजनैतिक विष्लेषण प्रा.डा. सुरेन्द्र केसी लगायतले नेपालमा हिन्दु राष्ट्र स्थापनाका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा राप्रपा र राप्रपा (प्रजातान्त्रिक) परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता एकीकृत राप्रपा(राष्ट्रवादी)मा प्रवेश गरे । राप्रपाका प्रेम मगरको नेतृत्वमा सय भन्दा बढी युवा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) मा प्रवेश गरे ।

सो भेला एंव पार्टी प्रवेश कार्यक्रम राष्ट्रिय युवा शक्तिका अध्यक्ष राजु लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस