राप्रपा फरक विचार र अलग पहिचान बोकेको पार्टी हो : अध्यक्ष थापा

Kamal thapa

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएको छ ।

राप्रपा गण्डकी प्रदेश कार्यालयको शुक्रबार पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए ।

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे ।

पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...