बिमस्टेक सम्मेलन तयारी: धमाधम पुरिँदै सडकका खाल्डा

Sadak marmat

काठमाडौँ । अगामी भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेक शिखर सम्मेलनको तयारी तिब्र रुपमा भइरहेको छ । अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यस पटक काठमाडौँमा शिखर सम्मेलन गर्न लागेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख आउने भएपछि काठमाडौंका सडकलाई चिटिक्क पारेर राख्न कुनै कसर बाँकी नछोड्न भन्दै सरकारले विभागलाई निर्देशन दिईसकेको छ ।

सम्मेलन तयारीका लागि विभिन्न उप समितिहरु बनाइएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको संयोजकत्वमा सडक व्यवस्थासम्बन्धी समिति बनाइएको छ । जुन समितिअन्तर्गत विभिन्न उपसमितिहरू पनि बनाइएको छ, जसले बिमस्टेक सदस्य राष्ट्रका प्रतिनिधि आवतजावत पर्ने रुटमा सडकका खाल्टाखुल्टी पुर्ने, सडक सरसफाइको काम गरिरहेको छ ।

बिमस्टेक सम्मेलनलाई सफल बनाउन विभिन्न मन्त्रालयगत रूपमा विभिन्न समितिहरू बनाइएको छ । प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय मूल समिति बनाइएको छ । यसले विभिन्न मन्त्रालय स्तरीय समितिहरूको नेतृत्व गर्दछ ।

शिखर सम्मेलनको तयारी स्वरूप आउँदो साउन २६ गते बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवस्तरीय बैठक बस्नेछ । बैठकले शिखर सम्मेलनको तयारी गर्नेछ । यस्तै भदौ १२ गते पनि परराष्ट्र सचिवहरूको बैठक बस्नेछ । भदौ १३ गते बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको बैठक बस्नेछ ।

शिखर सम्मेलनका लागि अन्य ६ देशबाट राष्ट्र वा सरकार प्रमुख, परराष्ट्र मन्त्री सचिव प्रतिनिधिको रूपमा आउनेछन् ।

अध्यक्ष राष्ट्रको हैसियले नेपालले सन् २०१५ मा बिमस्टेक शिखर सम्मेलन आयोजना गर्नुपर्ने थियो । तर निर्धारित मितिभन्दा ३ वर्ष पछि सम्मेलनको आयोजना हुँदैछ । यसरी ढिला हुनु नेपालको आन्तरिक कारण र सदस्य राष्ट्रको समय व्यस्थापन रहेको सरकारको भनाइ छ ।

दुई दुई वर्षको फरकमा सम्मेलनको आयोजना हुनुपर्ने भए पनि यसअघि सन् २०१४ मा र त्यसअघि सन् २००८ मा शिखर सम्मेलन भएको थियो । नेपाल र भुटान सन् २००४ देखि बिमस्टेक राष्ट्रका सदस्य बनेका हुन् । नेपालले सन् २०१५ मा बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाए पनि यस वर्ष आयोजना गर्न लागेको हो । यो संस्थामा जसले सम्मेलनको आयोजना गर्छ, त्यही देश अध्यक्ष रहने व्यवस्था रहेको छ ।

दक्षिण एसिया र दक्षिणपूर्व एसियामा रहेका सातवटा देश सहभागी भएको यो एउटा क्षेत्रीय सङ्गठन हो । बिमस्टेकको अर्थ बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टिसेक्टरल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन हो । बिमेस्टेक देशमा भारत, नेपाल, बङ्गालादेश, भुटान, श्रीलङ्का, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...