प्रकाण्डलाई तत्काल रिहा गर्न कट्टेल नेकपाको माग

Khadak bk

काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विस्वकर्मा प्रकाण्डलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । प्रकाण्डको गिरफ्तारीप्रति कट्टेल नेतृत्वको नेकपाले आपत्ति समेत प्रकट गरेको छ ।

नेकपाका अध्यक्ष कट्टेलले बिहीबार एक वक्तव्य प्रकासित गरी घटनाको निन्दा गरेका छन् ।
प्रकाण्ड मात्र हैन यो पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरु जेलमा रहेका वा अनेकन झुटटा मुद्दा खेपिरहेका छन् भन्दै प्रकाण्ड लगायत सबै गिरफ्तार नेता कार्यकर्ताहरुको रिहाईको माग गरिएको छ ।

नेकपाले विप्लव लगायतका नेता तथा कार्यकर्ताहरुलाई वारेन्ट जारी गरिएको तथा शान्तिपुर्ण विरोध कार्यक्रममा समेत धरपकड गर्ने कार्य भइरहेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ ।

प्रतिकृया दिनुहोस