विदा भए क्षेत्री, पूर्णचन्द्र थापाले सेनाको कमाण्ड सम्हाल्दै

Purna chandra thapa

काठमाडौं । नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् ।

प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ ।

बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् ।

विसं ०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा ०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए ।

यसैबीच, प्रधानसेनापति क्षत्रीले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । अनेक चुनौतीबीच नेपाली सेनाको कमाण्ड सम्हाले पनि आफू सफल भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस