पत्रकारले काँचो सूचना मागेर हैरानीः मन्त्री पण्डित

Lalbabu pandit

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारहरुले आलोकाँचो सूचना मागेर हैरानी दिने गरेको बताएका छन् । उनले परिपक्व नभई सूचना नदिन मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।

मन्त्री पण्डितले आलोकाँचो सूचनाले परिणाम राम्रो नदिने भन्दै समय आएपछि मात्रै सूचना दिन मातहतका निकायलाई सचेत गराएका हुन् । उनले मन्त्रीपरिषदका निर्णय २४ घण्टासम्म नदिने कानुनी प्रावधान रहेको दावी समेत गरे ।

बुधबार काठमाडौंमा आयोजित प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुसँगको सूचनाको हकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सूचना समय नआई दिँदा त्यसले सरकारलाई अप्ठयारोमा पार्ने गरेको पनि स्मरण बताए ।

मन्त्री पण्डितले परिपक्व भएपछि भने सूचना दिन कन्जुस्याई गर्न नहुने पनि स्पष्ट पारे । उनले सूचनाको हक पाउने नागरिकको अधिकार हनन् हुन नदिन सरकार सचेत रहेको पनि दावी पनि गरे ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको प्रवाह मुलुकलाई समृद्ध बनाउन सबैभन्दा ठूलो शक्ति भएको ।प्रमुख सूचना आयुक्त बास्कोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ बनाउन पनि सूचना प्रवाहले महत्वपूर्ण योगदान पु-याउने स्मरण गराए ।

उनले सूचनाको माध्यामबाटै मुलुकको विकास र समृद्धिको परिकल्पनालाई साकार पार्न सकिने पनि स्पष्ट पारे । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना प्रवाहको माध्यामबाट स्थानीय तहलाई समृद्ध बनाउन पनि सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्तद्धय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले सूचना प्रवाहको आवश्यक्ताबारे चर्चा गरेका थिए । अन्तरक्रिया कार्यक्रममा प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी छन् । कार्यक्रममा आयोगले प्रदेश ३ का सूचनाहरुको संक्षिप्त विवरण समेत सार्वजनिक गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...