प्रमुख प्रतिपक्षी दलका नेता नहुदाँ संवैधानिक परिषदको बैठक स्थगित

Kp sharma oli 300x193

काठमाडौं । भावी aप्रधानन्यायाधीशको नाम सिफारिस गर्न बुधबार बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता नै नभएपछि परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेका हुन ।

यसअघि दीपकराज जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस भएकोमा संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसपछि जोशी विदामा बसेपछि अहिले ओमप्रकाश मिश्र सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा रहेका छन् ।

बैठकले भावी प्रधानन्यायाधीका लागि नाम सिफारिश गरेर संसदीय सुनुवाई विशेष समितिमा छलफलका लागि पठाउनेछ । यसअघि नै न्याय परिषदको बैठकले वरिष्ठताका आधारमा मिश्र र चोलेन्द्रशमसेर जबराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

आज बस्ने भनिएको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिबारे पनि छलफल हुने बताइएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता देउवा फर्किएपछि मात्र बैठक बस्नुपर्ने भएकाले करिब एक हप्ताका लागि बैठक सरेको छ ।

प्रतिकृया दिनुहोस