महिला हिंसा बढेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग

Rpp mahila julushh 9 allhcskofu

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । कमल थापा नेतृत्वको राप्रपा महिला संगठनले श्रृंखलावद्धरुपमा महिला हिंसा बढेकोमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।

मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको राप्रपा महिला संगठनले जनाएको छ । महिला संगठनले महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध र्या लीसहित प्रर्दशन गरेको हो ।

प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नुपरेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिइन् ।

उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा पनि माग गरिन् ।

प्रर्दशनकारीहरुले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । प्रर्दशनी अघि बबरमहलबाट सुरु भएको विरोध र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनकारीहरुले बलात्कारीलाई कडा कार्वाही नगरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस