‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक

Yataighamailo

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीत भिडियो बजारमा आएको छ ।

चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहेकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गरे ।

विमोचनपछि उनले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर भएको बताए ।

मुलुकको विकास निर्माणमा महिलाले धेरै योगदान दिन सक्छन् भन्ने सन्देश रहेको उक्त भिडियोमा भुवन चन्द, चैत्यदेवी, वसुन्धरा भुसाललगायत कलाकारले अभिनय गरेको छ । दीपक शर्माको संगीत रहेको गीति भिडियोलाई वीरेन्द्र भाटले छायाङ्कन गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...