कस्तो छ गीताको एतै घमाइलो उतै घमाइलो ? हेर्नुस् भिडियो

Gita vedio

काठमाडौं । नेपाली महिलाहरुको महान पर्वm तीजको अवसर पारेर सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत बजारमा ल्याएकी छन् ।

नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवी, हास्य साम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरे लगायतकाको अभिनय रहेको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीतको भिडियो सोमबार सार्वजनिक भएको छ ।

सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको संगीत, सुदिप सागरको संगीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् । सो गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृंगार र गीता तामाङको केश सञ्जा रहेको छ ।

‘एतै घमाइलो उतै घमाइलो’ को सार्वजनिककरण कार्यक्रममा नेपालको पहिलो महिला सभामुख ओनसरी घर्ती, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...