धनगढीमा खोल्यो राप्रपाले पार्टीको प्रदेश कार्यालय

Rpp ofice dhangadi

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीले धनगढीमा प्रदेश नम्बर ७ को प्रदेश कार्यालय स्थापना गरेको छ ।

सो प्रदेश कार्यालयको आइतबार सह–महामन्त्री चन्द्रबहादुर गुरुङले राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगबाट स्थापित गरेरै छाड्ने दावी गरे ।

गुरुङले नीति, विचार र सिद्धान्तमा प्रतिवद्ध भएर पार्टीलाई स्थापित गर्ने बताए । ‘सिद्धान्त र विचार परित्याग गरेर होइन अझै प्रतिवद्ध भएर चट्टानी अडानका साथ राप्रपा आगामी दिनमा अगाडि बढ्छ’ उनले भने, ‘राप्रपाले सिद्धान्तलाई तिलान्जली दिन्छ भन्ने कसैले कल्पना गरेको छ भने त्यो दिवास्वप्न मात्र हुन्छ, सिन्द्धान्तभन्दा बाहिर गएर कसैसँग एकता हुँदैन ।’

कार्यक्रममा सहायक महामन्त्री राजाराम बर्तौलाले एजेन्डाका हिसाबले प्रदेश नं. ७ राप्रपाको उर्भरभूमी भएको दावी गरे । उनले यसलाई जनमतमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

आइतबार नै प्रदेश अध्यक्ष श्यामबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण अभियान, सकृय सदस्यता वितरण अभियान र हिन्दुत्व जनजागरण सभा गर्ने निर्णय गरेको छ ।

बैठकले पछिल्लो समय बढेको महिला हिंसा र हत्याको बिषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस