सरिताले किन भनिन्, ‘यसपाली सबै परदेशमा’ ? हेर्नुुस् भिडियो

Sarita prajapati

काठमाडौं । झण्डै ८ वर्षदेखि सांगीतिक दुनियामा रमाउँदै आएकी सरित प्रजापति यो सालको तीजमा ‘यसपाली सबै परदेशमा’ बोलको गीतमार्फत प्रस्तुत भएकी छन् ।

उनले प्रत्येक वर्ष तीजका नयाँ नयाँ कोशेली पस्किँदै आएकी छन् । अघिल्लो वर्ष उनले ‘बुढा बुढी एक्स्प्रेस’ ल्याएकी थिइन् । जुन गतिले स्रोताको मन जितेको थियो ।

त्यसैगरी २०७३ मा ‘बारुले कम्मर’ बजारमा ल्याएकी थिइन्, सो गीतले पनि बजार पिटेको थियो । अझ ०७१ मा ल्याएको ‘आइ लाभ यु भन्छु काले माइन्ड नगर’ नगर बोलको गीतले सरितालाई उच्च कोटीको गायीकाको लिष्टमा पारेको थियो ।

उनै सरिताले यो वर्ष राजेश वर्देवासँग मिलेर तीजि कोशेली ल्याएकी छन् । बढ्दो विदेशिने प्रवृत्तिलाई देखाउँदै परदेश्मा रहेका दाजुभाइको लागि नयाँ गीत बजारमा ल्याएकी हुन् । यो गीतको शब्द, संगीत र परिकल्पना राजेश बर्देवाकै छ ।

सो गीतको म्युजिक भिडियोलाई बिशाल बैरागीले निर्देशन गरेका छन् भने हरिष महराले छायांकन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...