धेरै दिनसम्म बैठक स्थगित गर्न नमिल्ने

Samsad 3

काठमाडौं । सात दिनभन्दा बढी बैठक स्थगित गर्न नमिल्ने गरि राष्ट्रियसभाको नियमावलीले उल्लेख गरेको छ ।

अधिवेशन चालु अवस्थामा रहँदा सात दिनभित्र बैठक स्थगित गर्न नमिल्लने नियमावलीमा रहेको हो ।

राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ ।

नियमावलीको नियम ६ मा रहेको बैठकको सञ्चालन र स्थगन सम्बन्धी प्रावधानमा सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेका बाहेक एउटा बैठक बस्ने अवधि र अर्को बैठक बस्ने अवधिबीचको फरक सात दिनभन्दा बढी हुने गरी तोकिने छैन ।

राष्ट्रियसभाको बैठक प्रायःजसो धेरै दिनको अन्तरमा नै हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...