कविता बनिन् अन्तर्राष्ट्रिय डान्सिङ सुपरस्टार

Kabita nepali

काठमाडौं । सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार भइन् ।

एपीवान टेलिभिजनद्धारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन् । पाधिसँगै उनले नगद २५ लाख पनि जितिन् ।

दिनभर सिमसिमे पानी परिरहेको काठमाडौंको चिसोचिसो मौसम । बाहिरको सडक हिलाम्मे थियो । बुद्धनगरस्थित एपीवान टेलिभिजनको स्टुडियो भने सांगीतिक क्षेत्रका हस्तीहरूको उपस्थिति र नृत्यकारहरूको रौनकले गरमागरम बनेको थियो ।

सबैजना बुगीवुगी कार्यक्रमको टाइटल विजेता थाहा पाउन व्यग्र प्रतीक्षामा थिए । स्टुडियोमा रमाइलो माहोल छाएको थियो । त्यही रमाइलो माहोलकै बीचमा उनलाई नेपालकै पहिलो डान्सिङ सुपरस्टार घोषणा गरियो ।

प्रगति पुन फस्ट रनरअप बनेकी छन् । उनले ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । सरोज मोक्तान सेकेन्ड रनरअप बनेका छन् । उनले चार लाख रुपैयाँ प्राप्त गरे ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट ३ हजार डान्सर सहभागी भएका थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए ।

अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए ।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।कार्यक्रमको सुरुआतदेखि नै प्रशान्त तामाङ, रोहिया महर्जन र नरेशवीर ठकुरीले कोरियोग्राफी गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...